सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडलाई खरिद गर्ने भएको छ । यी दुई बैंकबीच शुक्रबार एक्विजिसनसम्बन्धी सम्झौता भएको छ । बैंकले यस अघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्सलाई प्राप्ती गर्ने सहमति गरिसकेको छ ।
हाल सेञ्चुरीको चुक्ता पूँजी तीन अर्ब ६८ करोड रुपैयाँ रहेको छ । चार वटै संस्थालाई एक्वायर गरेर बैंकको झन्डै दुई अर्ब पुँजी थप गर्नेछ । जसअनुसार, सेञ्चुरीको चुक्तापुँजी पाँच अर्बको हाराहारीमा पुग्नेछ । आठ अर्ब पुँजी पुर्याउन बैंकले हकप्रद सेयर र चालू आर्थिक वर्षको कमाईबाट बोनस सेयरको सहारा लिने योजना बनाएको छ ।
सबै संस्थाहरुलाई खरिद गरेपछि बैंकको कुल शाखा संख्या ९० पुग्नेछ ।


