April 6th, 2016

हिमालयन बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता 

himalayan bankहिमालयन बैंक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालबीच निर्जीवन बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता गरेका छन् । शिखरको कर्पोरेट एजेन्टका रुपमा निर्जीवन बिमा सेवा प्रदान गर्ने सम्झौतामा हिमायलयन बैंकका तर्फबाट अशोक समशेर जबरा र शिखरका तर्फबाट दीपप्रकाश पाण्डेले हस्ताक्षर गरे । मंगलबार एक विज्ञप्ति जारी गर्दै सम्झौता गरिएको जानकारी दिइएको हो । 

सातौँ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम 
यसैबिच, आफ्नो सातौ वार्षिकोत्सवको अवसरमा जनता बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सातौँ वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार गरिएको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए । मंगलबार दिउँसोबाट सुरु रक्तदान अपराह्नसम्म संचालन भएको थियो । 

६ वर्षमा ३६ वटा शाखा, २९ वटा एटीएम र एउटा शाखारहित बैंकिङ सेवाको माध्यमबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड रहेको र हालसम्म एक लाख ४६ हजारभन्दा बढी ग्रहकलाई सेवा दिदै आएको जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]