बैंकिङ क्षेत्रमा करिअर बनाउन चाहानुहुन्छ भने यतिबेला थुप्रै बैंक तथा वित्तीय संस्थाहरुले अवसर दिइरहेका छन् । तीन वटा वाणिज्य बैंक र दुई वटा लघुवित्त बैंक गरी पाँच वटा बैंकले यतिबेला विभिन्न पदका लागि दरखास्त आह्वान गरिरहेका छन् । यी बैंकहरुले डेढ सयको हाराहारीमा कर्मचारी माग गरिरहेका छन् । आफ्नो योग्यता र चाहेको पदमा आवेदन दिएर तपाईँले आफ्नो बैंकिङ करिअर सुरु गर्न तथा अगाडी बढाउन सक्नुहुन्छ ।
हेरौँ कुनकुन बैंकमा छ रोजगारीको अवसर ?
एनआईसी एसिया बैंकले केही संख्यामा ट्रेनी एसिस्टेन्ट माग गरेको छ । बैंकले कुनै पनि विषयमा स्नातक उतीर्ण गरेका र २५ वर्ष उमेर ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउने बताएको छ । व्यवस्थापन संकायमा स्नातक गरेकालाई बढी प्राथमिकता दिइने बताइएको छ । एप्लाई गर्ने मिति १६ मार्चसम्म रहेको छ ।
अनलाइनमार्फत एप्लाई गर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://www.nicasiabank.com/careers/form/1184
नेपाल बंगलादेश बैंकमा जागीर खुलेको छ । बैंकले केही संख्यामा लिगल डिपार्टमेन्ट हेड र लिगल अफिसर माग गरेको हो । इच्छुक, योग्यता पुगेका र अनुभवी नेपाली नागरिकलाई १५ मार्च अर्थात चैत्र २ गतेभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ ।
कृषि विकास बैंक लिमिटेडले ४० जना कर्मचारी माग गरेको छ । बैंकले व्यवसाय अधिकृत, अधिकृत स्तर तृतीय श्रेणीका कर्मचारी माग गरेको हो ।
लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडमा ५१ जनाका लागि जागीर खुलेको छ । राष्ट्रिय स्तरको लघुवित्तले हाल सञ्चालनमा रहेका ४७ वटा शाखा कार्यालय तथा निकट भविष्यमा नै विस्तार गरिने नयाँ शाखा कार्यालयहरुका लागि एक जना कर्जा विभाग प्रमुख र ५० जना कनिष्ठ सहायक माग गरेको हो । आवेदन फारम बुझाउने अन्तिम मिति चैत्र १० गते रहेको छ ।

आवेदन फारम डाउनलोड गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://www.llbs.com.np/ckfinder/userfiles/files/LxLB_JOB_%20App_Form_2073.pdf
कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडमा जागीर खुलेको छ । १० जिल्लामा २४ वटा शाखा कार्यालयहरु स्थापना गरी लघुवित्त सेवा प्रदान गर्दै आएको बैंकले वर्तमान शाखा र निकट भविष्यमा विस्तार गर्न लागिएका शाखा कार्यालयहरुका लागि ३० जना कर्मचारी माग गरेको हो । ३ जना जुनियर अधिकृत, ५ जना वरिष्ठ सहायक र २२ जना जुनियर सहायक पदमा कर्मचारी नियुक्त गर्न लागेको कालिकाले जनाएको छ । आवेदन फारम भर्ने समय चैत्र ७ गतेसम्म रहेको छ ।
बैंकले चाहेबमोजिम तपाईँको योग्यता पुग्छ र बैंकिङ क्षेत्रमै करिअर बनाउन चाहानुहुन्छ भने यो तपाईँको लागि सही अवसर सावित हुन सक्छ ।




