April 5th, 2016

एसियन लाइफ इन्स्योरेन्सको नवौँ बार्षिकोत्सव सम्पन्न 

asian life insuranceआफ्नो नवौँ बार्षिकोत्सव एसियन लाइफ इन्स्योरेन्स कम्पनीले विशेष कार्यक्रम गरी मनाएको छ । हालसम्म ६८ वटा जिल्लामा कुल २१ वटा शाखा र ७२ वटा उपशाखा कार्यालयबाट बिमा सेवा प्रदान गर्दे आईरहेको कम्पनीले नवौँ वर्ष प्रवेश गरेको अवसरमा एचआइभीको कारणबाट बाबुआमा दुवै गुमाएका तथा एचआइभी संक्रमित बालबालिकालाई पुनर्बल प्लस स्वयम्भू, काठमाडौँमा स्कुल ब्याग एवं स्टेसनरी वितरण गरेको छ । त्यसैगरी, मैतीदेवी मन्दिर परिसरमा सरसफाइ गर्ने कार्यक्रम पनि सम्पन्न गरी फोहोर संकलन डब्बा सो मैतीदेवी क्षेत्र प्रवन्ध समितिलाई हस्तान्तरण गर्यो ।

लायन्स क्लब चाबहिल काठमाडौँको सहकार्यमा सो कम्पनिको प्रधान कार्यालयको प्रांगणमा गरिएको खुला रक्तदान कार्यक्रममा ८० जना सहभागीले रक्तदान गरेका थिए । कम्पनीले नेपालको पूर्वदेखि पश्चिमसम्मका विभिन्न शाखाबाट समेत गरि कुल ४ सय ७५ जनाबाट रक्तदान संचालन गरेको जनाएको छ । । हाल कम्पनीको चुक्ता पुँजी ६७ करोड १३ लाख २७ हजार ७ सय रपैयाँ रहेको छ । कम्पनीले ८ वर्षको अवधिमा ३ लाख ४७ हजार ९ सय ५९ बिमालेख बिक्री गरी ८ अर्ब ३० करोड प्रिमियर संकलन गरेको छ । ०७२ पौष मसान्तसम्म कम्पनीको ६ अर्ब ७७ करोड ६६ करोड ८२  हजारको जीवन बिमा कोष रहेको छ । साथै सोही अवधिमा कम्पनीको कुल लगानी ६ अर्ब १४ करोड रहेको छ ।