बैंकबाट ९ करोड कर्जा लिई ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पारिवारिक हाउजिङ डेभलेपमेन्ट प्रालि नामक कम्पनी खडा गरी क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कप्पनी लिमिटेडबाट ९ करोड कर्जा लिई ठगी गरेका ४७ वर्षीय पुष्करराज खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनलाई काठमाडौँ बौद्धबाट पक्राउ गरेको हो । पुनरावेदन अदालत, ललितपुर पाटनको फैसलाअनुसार खड्कालाई रकम अपचलन एवम बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५(२) बमोजिमको कसुर गरेको अभियोगमा तीन वर्ष कैद र ९ करोड बिगो भराई बिगोबमोजिम जरिवान तोकिएको छ । अभियुक्त काठमाडौँ, गागलफेदी–५ का बासिन्दा हुन् ।