Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकबाट ९ करोड कर्जा लिई ठगी गर्ने प्रहरीको फन्दामा

२०७२ चैत्र २३ गते

fraudबैंकबाट ९ करोड कर्जा लिई ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पारिवारिक हाउजिङ डेभलेपमेन्ट प्रालि नामक कम्पनी खडा गरी क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कप्पनी  लिमिटेडबाट ९ करोड कर्जा लिई ठगी गरेका ४७ वर्षीय पुष्करराज खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनलाई काठमाडौँ बौद्धबाट पक्राउ गरेको हो । पुनरावेदन अदालत, ललितपुर पाटनको फैसलाअनुसार खड्कालाई रकम अपचलन एवम बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५(२) बमोजिमको कसुर गरेको अभियोगमा तीन वर्ष कैद र ९ करोड बिगो भराई बिगोबमोजिम जरिवान तोकिएको छ । अभियुक्त काठमाडौँ, गागलफेदी–५ का बासिन्दा हुन् ।