Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी बैंकको नयाँ “unFixed” खाता : मुद्दती खाताको लाभ, बचत खाताको सुविधा

२०७३ फाल्गुन १९ गते

लक्ष्मी बैंकले unFixed Deposit नामक एक नयाँ मुद्दती खाताको सुरुवात गरेको छ । ग्राहकहरुलाई मुद्दती खाताका साथसाथै बचत खाताको पनि लाभहरु अर्थात् तरलता र उच्च ब्याजदर दुवै प्रदान गराउने उद्देश्यले यस खातालाई ग्राहकहरुमाझ ल्याइएको बैंकले जनाएको छ । 

यस खाताले ग्राहकहरुको जम्मा रकमलाई उक्त खातामा अटोमेटिक ट्रान्सफर मार्फत पठाई २ वर्षको नयाँ मुद्दती खाता खोली बैंक धाइ राख्नुपर्ने वा आवेदन फारम भर्ने झन्झट बिना नै उनिहरुलाई उच्च ब्याजदर प्राप्त गर्न मद्दत गर्छ । साथै, यस स्किम अन्तर्गत बचत खातामा कारोबार गर्ने रकम कम भएमा उक्त कम देखिएको रकम मुद्दती खाता तर्फबाट स्वचालित ढंगले प्रि–म्याच्योर भई बचत खातामा ट्रान्सफर गरिने छ । यसले गर्दा ग्राहकको unFixed मुद्दती खातामा पनि बचत खाताको जस्तै तरलता प्राप्त हुनेछ । यो नयाँ योजना बैंकका सम्पूर्ण पुराना तथा नयाँ ग्राहकहरुको लागि प्रारम्भिक वार्षिक ब्याजदर १०% मा उपलब्ध छ ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफल भएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता संपूर्ण व्यवसायिक सेवाको क्षेत्रमा सेवा पुर्याउने एक प्रमुख बैंकिङ्ग सेवा प्रदायकको रुपमा बैंक अगाडी आएको छ । उच्चस्तरीय संस्थागत सु–शाषन संस्कार, जोखिम व्यवस्थापन प्रणाली, र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ ।

बैंकले करिब ७००+ कर्मचारी मार्फत ३६ जिल्लामा आफ्नो सेवा पुर्याएको छ । यस भौतिक उपस्थितिका अतिरिक्त लक्ष्मी बैंक विद्युतिय बैंकिङ्ग सेवा प्रवाहको प्रवर्तकको रुपमा समेत कार्य गर्न सक्षम भएको छ । बैंकले सन् २००२मा नै पहिलो पूर्ण इन्टरनेट बैंकिङ्ग सेवा संचालन गर्नुका साथै सन् २००९ मा मोवाइल बैंकिङ्ग (मोवाइलमनी) सेवा संचालन गरेको हो । आ.व. २०७२/७३मा ४८.१५  अरब निक्षेप र ४०.३६ अरब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ५५ अरब रहेको छ । सोहि आ.व.मा बैंकले ११५ करोडको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथसाथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साह जनक रुपमा रहेका छन् ।

लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोवाइलफोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम भएको छ । लक्ष्मी बैंकको इन्भेष्टमेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसै गरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ को जुन महिनाबाट कारोबार शुरु गरी हाल ४० वटा शाखा मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ । लक्ष्मी बैंकले लक्ष्मी भ्यालू फण्ड नामक म्यूचुअल फण्ड सेवाको समेत सफलतापूर्वक संचालन गरिसकेको छ ।