Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आईएमई बैंकले ल्यायो रेमिट्यान्स बचत खाता 

२०७२ चैत्र २२ गते

global ime bvankग्लोबल आईएमई बैंकले “रेमिट बन्छ सेभिङ्ग” योजना ल्याएको छ । बैँकले बिदेशबाट नेपाल भित्रिरहेको रेमिट्यान्सलाई बचतमा परिणत गर्ने बानीको बिकास गराउनको सो योजनाअन्तर्गत रेमिट्यान्स बचत खाता ल्याएको हो । स्थापनाकालदेखि नै ग्राहकको सुबिधाको लागि  बिभिन्न बचत योजनाहरु ल्याएको ग्लोबल आइएमई बैंकले सहजरुपमा रेमिट्यान्स भित्र्याउन तथा आम जनमानसमा भविष्यको लागि बचत जरुरी छ भन्ने जनचेतनाको बिकास गराउने उद्धेश्यले सो योजना बजारमा ल्याएको जनाएको छ ।  

उक्त खाता अन्र्तगत बिदेशबाट दुख गरेर कमाएर पठाएको पैसा ग्राहकले ग्लोबल आईएमई बैंकमा खोलेको रेमिटेन्स बचत खातामा सिधै जम्मा गर्न सक्नेछन् । यसरी जम्मा गरेको पैसा ग्राहकले ग्लोबल आइएमई बैंकका जुनसुकै शाखा तथा एटिएमबाट सजिलै झिक्न सक्नेछन् । त्यस्तै खातामा रहेको रकममा व्याज समेत प्रदान गरिनेछ । 

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै युएई, कतार, बहराईन, इण्डिया, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीया लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरु संगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको छ ।