April 4th, 2016

अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा मुक्तिनाथ विकास बैक 

MUKTINATHमुक्तिनाथ विकास बैँक अन्तरबैँक विद्युतीय भुक्तानी प्रणालीमा जाने भएको छ । बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी (NCHL-IPS) प्रणालीमा आवद्ध गराउँदै आएको नेपाल क्लियरिङ्ग हाउस र मुक्तिनाथ विकास बैक बिच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र मुक्तिनाथ विकास बैँकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैँकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि (NCHL-IPS) प्रणाली उपलब्ध गराउने छ ।

(NCHL-IPS) प्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणाली मार्पmत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने कम्पनिका सीईओ निलेशमान सिंह प्रधानले बताए ।  

(NCHL-IPS) प्रणालीका लागि कम्पनीले ४७ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यको रुपमा र ३ रेमिट कम्पनिसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेको छ । मुक्तिनाथ विकास बैँकसँगको सम्झौतासँगै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी (NCHL-IPS) प्रणालीमा आवद्ध सदस्य संख्या ५१ पुगेको छ ।  

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले हाल संचालन गदैं आएकको NCHL-ECC सेवा मार्फत आफ्ना १२४ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २,६७८ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै आएको छ ।