Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

टुरिजम डेभलपमेन्ट बैँकद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

admin २०७२ चैत्र २२ गते
सेयर:

IMG_20160402_111317टुरिजम् डेभलपमेन्ट बैंकले एक दिने निशूल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आफ्नो स्थापनाको छैठौं बर्ष पुरा गरी साताँै बर्ष प्रवेशको अवसर पारेर बैँकले भुकम्प प्रभावित नुवाकोट जिल्ला, ओखरपौवा –२, खानीखोला स्थित गा.वि.स भवनमा शिविर सम्पन्न गरेको हो । स्वास्थ शिविरमा स्थानीय बालबालिका, वृद्धवृद्धा लगायत करिब २०० जनाले विशेषज्ञ चिकित्सकहरुबाट उपचार गराई स्वास्थ्य लाभ लिएका थिए । 

निःशुल्क स्वास्थ शिविरमा नुवाकोट जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, ओखरपौवा गा.वि.स.का सचिव, बैंकका व्यवस्थापक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । साथै हिमाल हस्पिटल प्रा. लि., ज्ञानेश्वर, काठमाण्डौंको सहकार्य, श्री खानीदेवी साना किसान कृषि सहकारी तथा स्थानीय विद्यालयको सहयोगमा उक्त स्वास्थ शिविर  सफलतापूर्वक सम्पन्न भएको थियो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।