Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जेविल्स फाइनान्सको मुनाफा दुई गुणा बढ्यो

admin २०७३ फाल्गुन ५ गते
सेयर:

जेविल्स फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ८८ लाख ९५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई गुणा बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा जेविल्सले ३६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

२८ करोड ८९ लाख ५६ हजार रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सले यो अवधिमा ९४ करोड ४३ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी ८९ करोड ३९ लाख ७८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी र सञ्चालन मुनाफा पनि गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा उल्लेख्य रुपमा बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ३४ लाख १४ हजार रुपैयाँ रहेको खुद व्याज आम्दानी चालू आर्थिक वर्षमा तीन करोड १८ लाख ९० हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ५३ लाख रुपैयाँबाट बढेर एक करोड ५३ लाख ६९ हजार रुपैयाँ पुगेको छ । 

निष्कृय कर्जा पाँच दशमलव ५२ प्रतिशत रहेको कम्पनीले जगेडा कोष ७० दशमलव ५३ प्रतिशतले बढाएर पाँच करोड १४ लाख आठ हजार रुपैयाँ पुर्याएको छ । फाइनान्सको प्रतिसेयर आम्दानी तीन रुपैयाँ आठ पैसा, पीई रेसियो ६६.२३ प्रतिशत, प्रतिसेयर नेटवर्थ एक सय १७ रुपैयाँ ८० पैसा, तरलता अनुपात ३५.८७ प्रतिशत र प्रतिसेयर कुल सम्पत्तिको मूल्य चार सय ७५ रुपैयाँ ९२ पैसा रहेको छ ।  
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।