मर्चेन्ट बैँकसम्बन्धी काम गर्न सिभिल बैँकले सहायक कम्पनिको रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई संचालनमा ल्याएको छ । सिभिल क्यापिटलको ५१ प्रतिशत खरिद गरि सिभिल बैंकले आफ्नो सहायक कम्पनिको रुपमा संचालनमा ल्याएको हो । त्यससँगै बैंकले आफ्ना २४ वटा शाखाबाट धितोपत्र निक्षेप सेवा प्रदान गर्ने पनि जनाएको छ । बैँकले जारी गरेको विज्ञप्तीअनुसार अब सिभिल बैँकका २४ वटा शाखाबाट हितग्राही खाता (डिम्याट एकाउन्ट) खोल्ने, धितोपत्र अभौतिकीकरण गर्ने लगायत धितोपत्र निक्षेपसम्बन्धी सेवा उपलब्ध हुनेछन् ।