Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रोफेशनल दियालो विकास बैंकको मुनाफा ५०.८७ प्रतिशतले बढ्यो

२०७३ माघ २८ गते

प्रोफेशनल दियालो विकास बैक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ९३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० दशमलव ८७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रोफेसनल दियालोले एक करोड २८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

२४ करोड तीन लाख ५० हजार चुक्ता पुँजी भएको बैंकको सञ्चालन मुनाफा पनि ५० दशमलव ७५ प्रतिशतले बढेर तीन करोड तीन लाख रुपैयाँ पुगेको छ भने खुद व्याज आम्दानी ५३ दशमलव ६७ प्रतिशतले बढेर पाँच करोड ५३ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकले निक्षेपमा छ दशमलव ३३ प्रतिशतले वृद्धि गरि एक अर्ब ८९ करोड रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले एक अर्ब ६९ करोड रुपैयाँ प्रवाह गरेको छ । 

निष्कृर्य कर्जा शून्य दशमलव ८६ प्रतिशत रहेको बैंकले प्रोभिजनमा ३१ लाख रुपैयाँ राखेको छ ।