Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

रिलायन्स फाइनान्सको मुनाफा साढे तीन गुणा बढ्यो

२०७३ माघ २४ गते

रिलायन्स फाइनान्स लिमिटेडले चालू आवको दोस्रो त्रैमासमा दुई करोड दुई लाख ४० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे तीन गुणा बढी नाफा कमाएको हो ।

सो अवधिमा कम्पनीको सञ्चालन नाफा पनि साढे तीन गुणा बढेर दुई करोड ८७ लाख ९८ हजार रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी ७१ दशमलव २१ प्रतिशत बढेर छ करोड ६५ लाख रुपेयाँ पुगेको छ । कम्पनीको कर्जा लगानी २२ प्रतिशत बढेर १३ करोड ६३ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, कुल निक्षेप चालू आवमा ३८ दशमलव ११ प्रतिशत बढेर दुई अर्ब ७८ करोड चार लाख रुपैयाँ पुगेको छ ।  

चुक्ता पूँजी गत आवको तुलनामा ३९ दशमलव २८ प्रतिशत वृद्धि गरी ४४ करोड ५७ लाख रुपैयाँ पुर्याएको कम्पनीले चार लाख ६४ हजार रुपैयाँ खराब कर्जा उठाएको छ । सो अवधिमा जगेडा कोष २८ दशमलव ४५ प्रतिशत बढेर १५ करोड सात लाख रुपैयाँ पुगेको छ भने कुल सम्पति तीन अर्ब ५२ करोड २८ लाख पुगेको छ । गत आवको तुलनामा कम्पनीको सिडी रेशियो ७ प्रतिशतले बढाएर ७१ दशमलव २८ प्रतिशत पुर्याएको छ भने निष्कृय कर्जा गत आवको तुलनामा घटाएर तीन दशमलव शून्य छ प्रतिशत कायम गरेको छ ।