स्वावलम्बन लघुवित्त विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड १७ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक करोड ६१ लाख ४८ हजार रुपैयाँ बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा स्वाबलम्बनले १२ करोड ५६ लाख २७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
स्वावलम्बनले यो त्रैमासमा ४८ करोड ६४ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ब्याज आम्दानी गत वर्ष भन्दा सात करोड ६० लाख ७१ हजार रुपैयाँले धेरै हो । बैंकले यो त्रैमाससम्म आइपुग्दा तीन अर्ब ५७ करोड २४ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने सात अर्ब ६ करोड १० लाख २३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । स्वावलम्बनको चुक्ता पुँजी ४१ करोड ८५ लाख ८९ हजार रुपैयाँ छ । गत वर्ष यही बेला चुक्ता पुँजी ३१ करोड २३ लाख ८० हजार रूपैयाँमात्र थियो ।
बैंकले खराब कर्जालाई कम गरेर ०.८७५ मा सीमित राखेको छ । गत वर्ष खराब कर्जा २.०२५ थियो । सम्भावित जोखिमका लागि बैंकले ६४ लाख ६३ हजार रुपैयाँ छुट्याएको छ । बैंकको रिजर्भ कोषमा ६१ करोड २८ लाख ४७ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ६७ रुपैयाँ ७४ पैसा छ भने प्रतिसेयर नेटवर्थ २४६ रुपैयाँ पुगेको छ ।