Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंकको मुनाफामा दुई गुणाभन्दा बढीको वृद्धि

२०७३ माघ २३ गते

महालक्ष्मी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड ८७ लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई गुणा बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड ९८ लाख ५४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

गत आर्थिक वर्षको तुलनामा चार गुणा बढाएर एक अर्ब १५ करोड ६२ लाख २३ हजार रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंकको सञ्चालन मुनाफा साढे ३ गुणाले बढेर २० करोड ७ लाख ७२ हजार रुपैयाँ पुगेको छ  भने खुद ब्याज आम्दानी झन्डै साढे ३ गुणा बढेर ३० करोड ९८ लाख ३२ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकले ११ अर्ब ७८ करोड ३३ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ८८ करोड नौ लाख तीन हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप संकलन र कर्जा लगानी गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा क्रमशः तीन गुणा र झन्डै चार गुणाले वृद्धि भएको हो । 

यो अवधिमा बैंकको कुल सम्पति तीन गुणाभन्दा बढीले बढेर १४ अर्ब १७ करोड ८९ लाख रुपैयाँ पुगेको छ । निष्कृय कर्जा दुई दशमलव ५१ प्रतिशतबाट बढेर चार दशमलव ४१ प्रतिशत पुगेको बैंकले जगेडा कोषलाई चार गुणा बढाएर ७० करोड २७ लाख ८७ हजार रुपैयाँ पुर्याएको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २६ पैसा, मूल्य आम्दानी अनुपात १२.५८, पुँजीकोष अनुपात १६.९९, प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार दुई सय २६ रुपैयाँ ३१ पैसा, तरलता अनुपात ३२.०४ प्रतिशत र प्रतिसेयर नेटवर्थ एक सय ६० रुपैयाँ ७८ पैसा रहेको छ ।