Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गुहेश्वरी मर्चेन्ट बैंकले छ महिनामा कमायो तीन करोड २२ लाख मुनाफा

२०७३ माघ २३ गते

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ दशमलव ३६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा गुहेश्वरीले दुई करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको तुलनामा ४९ प्रतिशत बढाएर ४३ करोड ७७ लाख ८० हजार रुपैयाँ चुक्तापुँजी पुर्याएको फाइनान्सको सञ्चालन मुनाफा ७५ दशमलव ८९ प्रतिशतले बढेर चार करोड ९७ लाख ७१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, खुद व्याज आम्दानी ६७ दशमलव २३ प्रतिशत बढेर पाँच करोड ३० लाख ५२ हजार रुपैयाँ पुगेको छ । 

यो अवधिमा गहेश्वरीले दुई अर्ब ३२  करोड ८४ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८८ करोड १६ लाख ८२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको निक्षेप संकलन र कर्जा लगानी गत आर्थिक वर्षको तुलनामा क्रमशः ४९.५८ प्रतिशत र ३०.२२ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा गुहेश्वरीले एक अर्ब ५५ करोड ६६ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४४ करोड ४९ लाख २४ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । 

त्यस्तै, फाइनान्सको जगेडा कोष गत आर्थिक वर्षको तुलनामा ९० प्रतिशत बढेर १५ करोड ९८ लाख ६८ हजार रुपैयाँ पुगेको छ । निष्कृय कर्जा भने २.२९ प्रतिशतबाट घटेर शून्य दशमलव ७६ प्रतिशत कायम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७१ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६९०.०७, मूल्य आम्दानी अनुपात १५.२३ प्रतिशत, तरलता अनुपात २९.५० प्रतिशत र प्रतिसेयर नेटवर्थ एक सय ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।