Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

डिप्रोक्स लघुवित्तको साधारणसभा फागुन २ गते

२०७३ माघ २२ गते

डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले आगामी फागुन २३ गते १५औँ वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले साधारणसभामा चुक्तापुँजीको ३५ प्रतिशत बोनस सेयर र १७ दशमलव ६३ प्रतिशत नगद लाभांश ( बोनस र नगद लाभांशको कर सहित ) वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । यसका साथै, सभामा विशेष प्रस्तावमा संस्थापकको तर्फबाट ४ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने रहेको छ । 

बैंकले निष्काशन गर्न लागेको शतप्रतिशत अर्थात एक बराबर एक अनुपातको हकप्रद सेयर र साधारणसभा प्रयोजनको लागि फागुन २ गतेदेखि २३ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने भएको छ ।