हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब दुई करोड ७८ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयनले ८० करोड २२ लाख ८८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
छ अर्ब ४७ करोड ६३ लाख २० हजार रुपैयाँ चुक्तापुँजी भएको बैंकले यो अवधिमा ९१ अर्ब नौ करोड ८६ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ५६ करोड ७८ लाख १८ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको निक्षेप संकलन ८१ अर्ब १३ करोड रुपैयाँ र कर्जा लगानी ५८ अर्ब ९९ करोड रुपैयाँ थियो ।
यो अवधिमा बैंकको सञ्चालन एक अर्ब ६० करोड ९० लाख ७१ हजार रुपैयाँ नाफामा रहेको छ । त्यस्तै, बैंकले एक अर्ब ८० करोड ४६ लाख ७६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकको सञ्चालन मुनाफा र खुद व्याज आम्दानी गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा क्रमशः २७ र १६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयन बैंकको सञ्चालन एक अर्ब २६ करोड रुपैयाँ नाफामा थियो भने बैंकले एक अर्ब ५५ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
निष्कृय कर्जा ३.१६ प्रतिशतबाट ०.९४ प्रतिशतमा झार्न सफल भएको बैंकले जगेडाकोषमा चार अर्ब रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ १५ पैसा, प्रतिसेयर नेटवर्थ एक सय ७९ रुपैयाँ १६ पैसा र तरलता अनुपात २२.६३ प्रतिशत रहेकोम छ ।



