Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले छ महिनामा आर्जन गर्यो १४ करोड ६८ लाख मुनाफा

२०७३ माघ २० गते

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५ दशमलव ९० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा फरवार्ड कम्युनिटीले आठ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।

१४ करोड रुपैयाँ चुक्ता पूँजी भएको संस्थाले निक्षेपमा ४४ दशमलव ८५ प्रतिशतले वृद्धि गरी दुई अर्ब १९ करोड ६८ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ संस्थाले पाँच अर्ब ४४ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ५३ प्रतिशतले बढेर ३२ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५० प्रतिशतले बढेर २० करोड ८९ लाख रुपैयाँ पुगेको छ । 

निष्कृय कर्जा शुन्य दशमलव २७ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १२ दशमलव १६ प्रतिशत रहेको माइक्रोफाइनान्सले जगेडाकोषमा ४९ करोड रुपैयाँ राखेको छ भने प्रोभिजनमा एक करोड तीन लाख रुपैयाँ राखेको छ ।

Ad