Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंक अफ काठमाण्डू लुम्बिनीले कमायो ६० करोड मुनाफा

२०७३ माघ २० गते

बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले चालु आर्थिका वर्षको दोस्रो त्रैमासमा ६० करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२ दशमलव ७० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंक अफ काठमाण्डू लुम्बिनीले ३२ करोड ९१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक एक आपसमा गाभिएर बनेको बैंकको चुक्ता पूँजी पाँच अर्ब ६२ करोड ९५ लाख रुपैयाँ पुगेको छ । बैंकले निक्षेपमा ७० दशमलव ७३ प्रतिशतले वृद्धि गरी ७० अर्ब रुपैयाँ संकलन गरेको छ । त्यस्तै, बर्जातर्फ ९३ दशमलव ७५ प्रतिशतले वृद्धि गरी ६२ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ८७ दशमलव ८० प्रतिशतले बढेर एक अर्ब ३० करोड ९८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७३ प्रतिशतले बढेर ८६ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्कृय कर्जा दुई दशमलव ४२ प्रतिशतले घटेर एक दशमलव ५१ प्रतिशत कायम भएको छ भने  जोखिमयुक्त सम्पत्ति शुन्य दशमलव ८४ प्रतिशतले घटेर १३ दशमलव ०९ प्रतिशत कायम भएको छ । यो अवधिमा छ करोड छ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले जगेडाकोषमा दुई अर्ब ७५ करोड २६ लाख रुपैयाँ र प्रोभिजनमा १५ करोड ४७ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक २१ दशमलव ३७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २८ दशमलव ७४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४८ दशमलव ५७ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ६५ प्रतिशत रहेको छ ।