Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना विकास बैंकले गर्यो कमालको प्रगती, १३२ प्रतिशतले बढ्यो खुद मुनाफा

२०७३ माघ २० गते

कामना विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड पाँच लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय ३२ दशमलव ५५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कामनाले चार करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

६६ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले निक्षेपमा एक सय दुई दशमलव २९ प्रतिशतले वृद्धि गरी छ अर्ब ८९ करोड सात लाख रुपैयाँ पुर्याएको छ । कर्जातफ बैंकले एक सय २५ दशमलव ३७ प्रतिशत बढाएर छ अर्ब १८ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी एक सय ४९ दशमलव ३९ प्रतिशतले बढेर २० करोड ७६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा एक सय २० दशमलव ५८ प्रतिशतले बढेर १५ करोड रुपैयाँ पुगेको छ । 

निष्कृय कर्जा एक दशमलव ४८ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १४ दशमलव ३० प्रतिशत रहेको बैंकले प्रोभिजनमा २ करोड ५८ लाख रुपैयाँ राखेको छ भने जगेडकोषमा ३८ करोड रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक ३० दशमलव ४० रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव ३६ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ५८ दशमलव १३ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ३४ प्रतिशत रहेको छ ।