एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७३÷०७४ को लक्ष्य तथा उपलब्धीको लेखाजोखा र धितो कर्जा ब्यवस्थापन गर्ने उद्धेश्यले अर्धवार्षिक समीक्षा गोष्ठी २०७३ तथा धितो कर्जा सम्वन्धी तालिमको आयोजना गरेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले बुधबार एक कार्यक्रमका पोखरामा उक्त गोष्ठीकाउद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै प्रमुख कार्यकारी अधिकृत कोनाजोले शाखाहरुले हालसम्म गरेका प्रगती प्रतिवेदन प्रस्तुत गर्ने, कार्यक्रम संचालनका क्रममा आइपरेका समस्याहरु र समस्या समाधानका लागि कर्मचारीले गरेका प्रयासहरुका वारेमा विचार विमर्श गरिने वताएका थिए । त्यसैगरी बैंकिङ्ग पहँच नपुगेका ग्रामीण भेगका वासिन्दाहरुमा बैंकिङ्ग सेवा पुर्याउन सो भेगका उद्यमीहरुलाई काम गर्नका लागि सहज वनाउन धितो कर्जाको माध्यमबाट सेवा प्रदान गर्ने उद्धेश्यले धितो कर्जा प्रदान गर्दै आएको र त्यसलाई अझ प्रभावकारी वनाउन धितो कर्जा सम्वन्धी तालिम प्रदान गर्न लागिएको जानकारी दिए ।
दस्यलाई कर्जा मात्र दिनु ठुलो कुरा नभई सो कर्जावाट सदस्यलाई उद्यमी वनाउने वारेमा शाखा प्रमुखहरुले भुमिकानिर्वाह गर्नुपर्ने प्रमुख कार्यकारी अधिकृतको तर्क थियो । एनएमबि माइक्रोफाइनान्सको कार्यक्रम विपन्न मैत्री बन्नुपर्ने र सो अनुसारको कार्यक्रम भएमात्र सदस्य दीगो हुने कुरामा जोड दिएका थिए । ३ दिन सम्म संचालन हुने सो कार्यक्रममा वित्तीय संस्थाको विभिन्न शाखा कार्यालयहरुमा २५ जना शाखाप्रमुखहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरु सहभागी भई चालु वर्षको छ महिनामा हासिल गरेका उपलब्धीहरु र आगामी दिनमा लक्ष्य पुरा गर्न आवश्यक रणनीति तर्जुमा गर्ने कार्यक्रम रहेको छ । त्यसै गरी धितो कर्जा लगानीका लागि आवश्यक पर्ने सम्पुर्ण प्रक्रियाहरुको वारेमा सवै सहभागीहरुमा स्पष्ट पारिने माइक्रोर्फानान्सले जनाएको छ ।