गण्डकी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासमा खुद मुनाफा ९ करोड ३३ लाख कमाएको छ जुन गत वर्षको तुलनाभन्दा ६३ दशमलव १५ प्रतिशतले बढेको हो । बैंकले गतवर्षको सोहि अवधिमा मुनाफा ५ करोड ७५ लाख रुपैयाँ कमाएको थियो । ६४ करोड ३९ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा २४ करोड ३६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १६ दशमलव ८३ प्रतिशतले वृद्धि गरी ५ अर्ब ८७ करोड ९८ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ५ अर्ब १७ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत वर्षको तुलनाभन्दा २७ दशमलव ६१ प्रतिशतले बढेको हो । बैंकको खुद व्याज आम्दानीमा ४७ प्रतिशतले बढेर १७ करोड ११ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफामा ६१ दशमलव ९० प्रतिशतले बढेर १३ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।