Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंक र बुम रेमिटबीच सम्झौता

२०७३ माघ १८ गते

पोखराको गरिमा विकास बैंक लिमिटेड र काठमाडौँको बुम रेमिट्यान्स प्रा.लि.बिच रेमिट्यान्स सम्झौता भएको छ । यी दुई संस्थाबीच मंगलबार (माघ १८ गते) देखि लागू हुने गरी बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम गरिमा विकास बैंकका ३७ वटा शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे । 

बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनिधिहरु छन् । गरिमा विकास बैंकले सिघ्र नै आफ्नो शाखाको संख्या ४९ वटा पुर्याउने जनाएको छ । 

हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति लिएको छ । बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहकार्य गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध समेत मिलाएको छ । बुम रेमिटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कम्पनीका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले जानकारी दिए । “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने पन्तको भनाइ छ ।