Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कन्ट्री डेभलपमेन्ट बैंकको सञ्चालन मुनाफा ४६३ प्रतिशतले बढ्यो

२०७३ माघ १८ गते

कन्ट्री डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय ५३ दशमलव ५० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कन्ट्रीले ९३ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

३५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको निक्षेप गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा १६ दशमलव ६७ प्रतिशतले घटेर एक अर्ब ३९ करोड ७६ लाख रुपैयाँ कायम भएको छ । बैंकले कर्जामा एक अर्ब ३९ करोड ८२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी एक सय ३० दशमलव ९४ प्रतिशतले बढेर चार करोड ८६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ४६३ प्रतिशतले बढेर दुई करोड ८३ लाख रुपैयाँ पुगेको छ । 

जोखिमयुक्त सम्पति २८ दशमलव ३६ प्रतिशत र निष्कृय कर्जा दुई दशमलव ६९ प्रतिशत रहेको बैंकले प्रोभिजनमा ६६ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा नौ करोड ५४ लाख रुपैयाँ छुट्याएको छ । यो अवधिमा ८९ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकको प्रतिसेयर आम्दानी वार्षिक १३ दशमलव ३२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय २६ दशमलव ७४ रुपैयाँ र तरलता अनुपात २९ दशमल १८ प्रतिशत रहेको छ ।