सिद्धार्थ डेभलपमेण्ट बैँकले पहिलो पटक आफ्ना ग्राहकहरुका लागी एसडिबिएल सुरक्षित घर योजना ( ssgy) ल्याएको छ । बैकले प्राइम लाइफ इन्स्योरेन्स संगको सहकार्यमा यस्तो योजना ल्याएको हो ।
यो योजनाअनुसार बैँकले ५ लाख देखि १ करोड रुपैँयासम्मको घरकर्जा सुविधा प्रदान गर्ने छ । कर्जाको अवधि १० वर्ष देखि २० वर्ष सम्म रहने छ । ऋणीले मासिक रुपमा कर्जाको व्याज मात्र बुझाउनु पर्नेछ । ऋण रकम बराबरको ऋणीको सावधिक जीवन विमा गरिने छ । जीवन विमाको रकम बैंकमार्फत भुक्तानी गर्न सक्ने गरी व्यवस्था मिलाइएको बैँकले जनाएको छ । साथै, कर्जाको समयाबधि पश्चात् ऋणीले आफ्नो घरसंगै बीमा कम्पनीबाट आर्कषक एकमुष्ट बोनस रकम प्राप्त गर्ने बताइएको छ ।
यदि विमा अवधिभित्र विमितको मृत्यु भएमा बाँकी तिर्न पर्ने सावा ब्याज इन्स्योरेन्स कम्पनीले बैँकलाई भुक्तानी गर्नेछ । त्यस्तै, बैकको नाममा रोक्का रहेको घरजग्जा ऋणीको हकवालालाई नै तत्काल फिर्ता गरिनेछ । यसरी आश्रीत घरपरिवार घरवारविहिन हुनु नपर्ने यो योजनाको विशेषता रहेको छ । ग्राहकले बैँकको सबै शाखाहरुबाट यो योजनामा सहभागी हुन पाउनेछन् । यो योजना ल्याएपछि घर किन्ने तथा घर बनाउने ग्राहकहरुमा उत्साह बढ्नेमा बैँक विश्वस्त रहेको छ ।