Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

विराटलक्ष्मीको खराबकर्जा बढ्यो, खुद नाफामा ५२ प्रतिशत वृद्धि

२०७३ माघ १० गते

बिराटलक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा छ करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा विराटलक्ष्मीले चार करोड छ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

बिराटनगरमा मुख्य कार्यालय रहेको बैंकले सञ्चालन मुनाफा र खुद व्याज आम्दानीमा राम्रो प्रगती गरेको छ । बैंकको खुद व्याज आम्दानी ५४.९७ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ५२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नौ करोड ५५ लाख रुपैयाँ रहेको खुद व्याज आम्दानी चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड ८० लाख चार हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ११ करोड १० लाख ६४ हजार रुपैयाँबाट बढेर नौ करोड ७३ लाख दुई हजार रुपैयाँ पुगेको छ ।  

४२ करोड ५३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले पुस मसान्तसम्ममा चार अर्ब ८९ करोड २० लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने तीन अर्ब १९ करोड ६९ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरको छ । गत आर्थिक वर्षको सोही अवधिमा विराटलक्ष्मीले चार अर्ब ६२ करोड ७२ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ७८ करोड ७५ लाख चार हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड ९४ लाख रुपैयाँ रहेको विराटलक्ष्मीको जगेडा कोष चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २३ करोड ८० लाख रुपैयाँ पुगेको छ ।द बैंकको खराबकर्जा भने ०.३९ प्रतिशतबाट बढेर १.१४ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी २९.११ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ रहेको छ भने मुल्य आम्दानी अनुपात १४.१९ गुणा रहेको छ ।