Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अरनिको डेभलपमेन्ट बैंकले कमायो ६७ लाख ३१ हजार मुनाफा

२०७३ माघ ८ गते

अरनिको डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन करोड ६७ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८८.६२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा अरनिकोले दुई करोड तीन लाख ३६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

३० करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी भएको अरनिकोले यो अवधिमा सञ्चालन मुनाफामा भारी वृद्धि गरेको छ । बैंकको सञ्चालन मुनाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ५३४.४४ प्रतिशतले बढेर चार करोड चार लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद व्याज आम्दानी ७५ दशमलव ७६ प्रतिशतले बढेर ६ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको निक्षेप संकलन २४ दशमलव ५० प्रतिशतले बढेको छ । 

जोखिमयुक्त सम्पति १५ दशमलव ९७ प्रतिशत र निष्कृय कर्जा शून्य दशमलव ४८ प्रतिशत रहेको बैंकले जगेडा कोषमा १६ करोड २९ लाख रुपैयाँ छुट्याएको छ भने प्रोभिजनमा एक करोड २७ लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले एक करोड ७३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । 

बपुस मसान्तसम्ममा अरनिको डेभलपमेन्ट बैंकको प्रतिसेयर आम्दानी २४ दशमलव ३५ रुपैयाँ (वार्षिक), प्रतिसेयर नेटवर्थ १ सय ५४ दशमलव ०१ रुपैयाँ र तरलता अनुपात ३७ दशमल ८४ प्रतिशत रहेको छ ।