दसैं र तिहारका लागि नागरिकले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन् ।
दसैं, तिहार र छठमा नयाँ नोटको माग बढी हुने भएकाले विगतका वर्षमा दसैं नजिकिँदै गर्दा नोट सटही गर्न चाहनेहरुका लागि राष्ट्र बैंकले थापाथलीस्थित कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा दिन लागेको हो ।
नागरिकले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखामार्फत पनि नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
दसैं र तिहारका लागि नागरिकले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन् ।