Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

७४ लाख घुस लिने नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीलाई दोषी ठहर

२०८३ आश्विन १३ गते

बैंकिङ खबर । कर्जा प्रवाहमा व्यवसायीहरूसँग घुस लिएको अभियोग लागेका नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

विशेष अदालतले सोमबार फैसला गर्दै अधिकारीविरुद्ध अख्तियारले दायर गरेका ६ मुद्दामध्ये दुईवटामा पूर्ण, दुईवटामा आंशिक ठहर र दुईवटामा सफाइ दिएको हो । उनकी श्रीमतीसमेत जोडिएका केही प्रतिवादीले भने सफाइ पाएका छन् ।

अख्तियारका अनुसार अधिकारीले विभिन्न व्यवसायीलाई कर्जा मिलाइदिने भन्दै ७४ लाख रुपैयाँ घुस मागेको तथा लिएको अभियोग थियो । तनहुँको अकला देवी ट्रेडर्सलाई २५ करोड रुपैयाँ कर्जा दिलाउने भन्दै ५० लाख, काठमाडौंको हिमाल तराई कन्स्ट्रक्सनलाई ६ करोड कर्जा दिलाउने भन्दै ५ लाख र रुपन्देहीको रेडिसन प्रोजेक्टलाई करिब १ अर्ब ७७ करोड रुपैयाँ कर्जा मिलाइदिने भन्दै १९ लाख रुपैयाँ घुस लिएको अभियोगमध्ये अदालतले सम्बन्धित मुद्दामा दोषी ठहर गरेको हो ।

घुस दिएको तर कर्जा नपाएको भन्दै उजुरी परेपछि घटनाबारे अनुसन्धान अघि बढेको थियो । यसअघि नेपाल राष्ट्र बैंकले पनि अधिकारीलाई नेपाल बैंकको अध्यक्ष पदबाट हटाउँदै ५ लाख रुपैयाँ जरिवाना र पाँच वर्षसम्म वित्तीय संस्थामा काम गर्न नपाउने गरी कारबाही गरेको थियो ।