Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौ महिनाका ३३ विजेता सार्वजनिक

२०८३ आश्विन १ गते

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाका विजेताहरूको नाम सार्वजनिक गरेको छ।

आन्तरिक राजस्व विभागका अनुसार लाजिम्पाटस्थित विभागको सभाहलमा आयोजित कार्यक्रममा भदौ महिनाका विजेताहरू घोषणा गरिएको हो। भदौ महिनामा नियमिततर्फ ३१ जना र बम्पर उपहारतर्फ २ जना गरी कुल ३३ जना विजेता छनोट भएका छन्।

नियमित उपहारतर्फ ३१ जना विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गरेका छन् भने दुई जना बम्पर विजेताले जनही १० लाख रुपैयाँ पाएका छन्। यसरी भदौ महिनामा नियमित र बम्पर उपहार गरी कुल ५१ लाख रुपैयाँ वितरण गरिएको विभागले जनाएको छ।

कार्यक्रमअन्तर्गत भदौ १ देखि १५ गतेसम्म प्रत्येक दिन एक जनाका दरले १५ जना तथा भदौ १६ देखि ३१ गतेसम्म १६ जना गरी कुल ३१ जनालाई दैनिक उपहार प्रदान गरिएको हो।