Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

सिटिजन्स बैंकले घोषणा गर्‍यो ४ प्रतिशत लाभांश, बोनस कति ?

२०८३ भाद्र ३१ गते

बैंकिङ खबर  /  सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको भदौ ३१ गते बसेको ५२१औँ सञ्चालक समिति बैठकले चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसअनुसार बैंकका सेयरधनीले ३.८० प्रतिशत बोनस सेयर प्राप्त गर्नेछन् भने ०.२० प्रतिशत नगद लाभांश कर प्रयोजनमा रहनेछ। बैंकले कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश वितरणका लागि भने नियामकीय तथा संस्थागत प्रक्रिया पूरा गर्नुपर्नेछ। बैंकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ ।

साधारण सभाबाट प्रस्ताव पारित भएपछि मात्र सेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ ।