Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

भार्गव विकास बैंकले कमायो एक करोड ८० लाख रुपैयाँ मुनाफा

२०७३ माघ ३ गते

भार्गव विकास बैंक लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको तुलनामा खुद मुनाफामा ७५ दशमलव २२ प्रतिशतले बढोत्तरी गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा भार्गवले एक करोड दुई लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

यो अवधिमा बैंकको खुद व्याज आम्दानी ५० दशमलव ७३ प्रतिशतले बढेर ३ करोड ७३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफामा ७५ प्रतिशतले बढेर दुई करोड ८२ लाख रुपैयाँ पुगेको छ । 

१४ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा गत वर्षको सोहि अवधिको तुलनामा २४ दशमलव ७१ प्रतिशतले वृद्धि गरी एक अर्ब ६५ करोड ५४ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ ४९ दशमलव ४६ प्रतिशतले बढाएर एक अर्ब ३८ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । 

निष्कृय कर्जा शुन्य दशमलव ४२ प्रतिशत र जोखिमयुक्त सम्पत्ति ११ दशमलव ९८ प्रतिशत रहेको बैंकले २९ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ भने जगेडकोषमा चार करोड आठ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी १२ दशमलव ५० रुपैयाँ रहेको छ ।