Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

उद्योगमन्त्रीमा दीपककुमार साहलाई जिम्मेवारी दिने प्रधानमन्त्रीको सिफारिस

२०८३ भाद्र २५ गते

बैंकिङ खबर /  प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वका लागि दीपककुमार साहलाई सिफारिस गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहेकी गौरी कुमारीले पदबाट राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी रिक्त भएको थियो। रिक्त पदमा साहलाई नियुक्त गर्न प्रधानमन्त्री शाहले सिफारिस गरेका हुन्।
साह सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मन्त्रालयको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएसँगै उनले उद्योग, व्यापार तथा आपूर्ति क्षेत्रसँग सम्बन्धित नीतिगत र प्रशासनिक काम अघि बढाउनेछन्।