Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

उद्योगमन्त्री गौरी यादवको राजीनामा

२०८३ भाद्र २५ गते

बैंकिङ खबर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले व्यवसायीप्रति दिएको विवादास्पद अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा दिएकी छन् । ग्यास आपूर्ति सहज बनाउने विषयमा सरकार, नेपाल आयल निगम र व्यवसायीबीच छलफल भइरहेका बेला मन्त्री यादवले उद्योगी–व्यवसायीप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएकी थिइन् । उनले उद्योगीलाई ‘पाता कस्ने’ तथा आवश्यक परे उद्योगको लाइसेन्ससमेत खारेज गर्ने चेतावनी दिएपछि निजी क्षेत्रबाट तीव्र असन्तुष्टि व्यक्त भएको थियो ।

व्यवसायीहरूले आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य तथा समन्वय आवश्यक रहेको अवस्थामा मन्त्रीकै तर्फबाट धम्कीपूर्ण अभिव्यक्ति आउनु उचित नभएको बताएका थिए । मन्त्रीको उक्त अभिव्यक्तिले उद्योगी–व्यवसायीलाई निरुत्साहित बनाएको भन्दै आलोचना बढेपछि यादवले पदबाट राजीनामा दिएकी हुन् ।