बैंकिङ खबर / नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना र मानवीय सहयोगका लागि बंगलादेशले १० लाख अमेरिकी डलर अर्थात् करिब १५ करोड २० लाख नेपाली रुपैयाँ सहयोग गरेको छ। बंगलादेश सरकारले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको हो। बंगलादेशले विपद्प्रति ऐक्यबद्धता जनाउँदै यसअघि पनि नेपालप्रति सहानुभूति तथा सहयोग व्यक्त गर्दै आएको थियो। बंगलादेशका प्रधानमन्त्री, राष्ट्रपति, संसद् तथा विदेश मन्त्रालयले नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोगका लागि प्रतिबद्धता जनाएका थिए। बंगलादेशको आर्थिक सहयोगले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।