स्ट्याण्डर्ड चार्टर्ड बैंकले जारी गर्ने तयारी गरेको नयाँ सेयर ९एफपीओ०को बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकर क्यापिटलबीच यस विषयमा सम्झौता भएको छ । बैंकले चुक्त पूँजी वृद्धि गर्न एफपीओ जारी गर्ने भएको हो । बैंकले प्रिमियम मूल्य सहित १ हजार २ सय ९० रुपैयाँ नयाँ सेयर एफपिओ जारी गर्ने भएको हो । बैंकले २५ लाख ५८ हजार १ सय ४० कित्ता सेयर जारी गर्ने योजना बनाएको हो । बैंकको अहिले दुई अर्ब ८१ करोड रुपैयाँ पूँजी छ। बैंकले १ सयको दरमा उठ्ने २५ करोड ५८ हजार चुक्ता पुँजीमा र बाँकी ३ अर्ब ४ करोड रुपैयाँ सञ्चितीमा राख्नु पर्ने हुन्छ । बैंकले बजारबाट ३ अर्ब ३० करोड उठाउन यो सेयर जारी गरेको उल्लेख गरेको छ । बैंकले प्रिमियम वापतको रकम पनि बोनस दिएर चुक्तापुँजी वृद्धिमा प्रयोग गर्ने देखिन्छ ।