बैंकिङ खबर / संघीय संसद्को अर्थसमितिले आगामी आर्थिक बर्षबाट राष्ट्र बैंकले हरेक वर्षको साउन १ गते नै मौद्रिक नीति जारी गर्न प्रस्ताव गरेको छ । समितिमा छलफलको क्रममा रहेको राष्ट्र बैंक ऐनको संशोधित विधेयकमा मौद्रिक नीति जारी गर्ने मिति साउन १ मै तोक्ने निर्णय भएको हो । यसअघि राष्ट्र बैंकले असार अन्तिम साता वा साउन पहिलो साताभित्रै मौद्रिक नीति जारी गर्दै आएको छ । यस आर्थिक बर्षमा पनि असार अन्तिम साता मौद्रिक नीति जारी भएको थियो ।