Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनएमबी बैंकले ट्राफिक प्रहरीलाई दियो ड्रोन बिमान, उपत्यकाभर रेखदेख गर्ने 

२०७३ पुष २९ गते

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले एनएमबी बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई शुक्रबार मानवरहित हवाई विमान (ड्रोन) प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी निर्देशक उपेन्द्र पौडेलले ‘डेल्टा जुलियट इन्डिया ब्रान्डको पेन्टम फोर प्रो’ नामक हवाई विमान महाशाखाका प्रमुख प्रकाश अर्याललाई हस्तान्तरण गरेका हुन् । सो विमान रिमोट कन्टोलमार्फत आकाशमा उड्ने र उपत्यकाको ट्राफिक अवस्थाबारे मोबाइलमार्फत महाशाखालाई जानकारी दिनेछ । महाशाखाका प्रमुख अर्यालले बढ्दो ट्राफिक जाम न्यूनीकरण गर्न तथा ट्राफिक उल्लङ्घनका घटना कम गर्न सो प्रविधिले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले ट्राफिक व्यवस्थापनका लागि प्रविधिका साथसाथै स्वयम सवारीधनी नै सचेत हुनुपर्नेमा जोड दिए । रासस