Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
आजको विशेष

राष्ट्र बैंकको सञ्चालकमा अब एक महिला अनिवार्य

२०८३ श्रावण १९ गते

काठमाडौं । संघीय संसदको अर्थ समितिमा छलफल भइरहेको ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ अन्तर्गत राष्ट्र बैंकको सञ्चालक समितिमा कम्तीमा एक जना महिला अनिवार्य रहने व्यवस्था गर्ने विषयमा सहमति जुटेको छ।

मंगलबार बसेको समितिको बैठकले सञ्चालक समितिमा रहने तीन जना स्वतन्त्र सञ्चालकमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था सुनिश्चित गर्ने सहमति गरेको हो। यो व्यवस्थाले राष्ट्र बैंकको नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

यसअघि सञ्चालक समितिमा महिला सदस्य अनिवार्य हुने कानुनी व्यवस्था थिएन। अब भने विधेयकमार्फत यस्तो प्रावधान समावेश गर्ने सहमति भएको हो।

बैठकमा सञ्चालक समितिको संरचनासम्बन्धी अन्य व्यवस्थाहरू भने हालकै स्वरूपमा कायम राख्ने सहमति भएको छ। जसअनुसार सञ्चालक समिति सात सदस्यीय रहने, दुई जना डेपुटी गभर्नर रहने र अर्थ सचिव पदेन सदस्य रहने व्यवस्था यथावत रहनेछ।