Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

राष्ट्र बैंकको सञ्चालक समिति आकार बढाउने प्रस्तावमा अर्थ मन्त्रालयको असहमति

२०८३ श्रावण १९ गते

 अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आकार बढाउने प्रस्तावप्रति असहमति जनाएको छ। मन्त्रालयले हाल कायम रहेको सात सदस्यीय सञ्चालक समिति नै प्रभावकारी र कार्यसम्पादनका हिसाबले उपयुक्त हुने धारणा राखेको हो।

संघीय संसद्को अर्थ समितिको मंगलबारको बैठकमा अर्थ सचिव डा. घनश्याम उपाध्यायले सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावमाथि मन्त्रालयको धारणा प्रस्तुत गर्दै प्रस्तावित ९ सदस्यीय संरचनाभन्दा वर्तमान ७ सदस्यीय समिति नै छरितो, चुस्त र प्रभावकारी हुने बताए।

त्यस्तै, डेपुटी गभर्नरको संख्या बढाउने प्रस्तावमा पनि मन्त्रालय सकारात्मक देखिएको छैन। सचिव उपाध्यायका अनुसार नेपाल राष्ट्र बैंकको वर्तमान कार्यबोझ, जिम्मेवारी र उपलब्ध जनशक्तिको विश्लेषण गर्दा हालका दुई जना डेपुटी गभर्नर नै पर्याप्त छन्। त्यसैले हालको व्यवस्था यथावत् राख्नु उपयुक्त हुने मन्त्रालयको निष्कर्ष रहेको उनले बताए।