Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गणपति माइक्रोफाइनान्सको छैटौँ शाखा चितवनको टाँडीमा

२०७३ पुष २६ गते

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चितवन जिल्लाको रत्ननगर–७, टाँडीमा नयाँ शाखा कार्यालय स्थापना गरी मंगलबार (पुस २६ गते) देखि सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकबाट गत कात्तिक ३० गते ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र संस्थाले आफ्नो छैटौँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले गरे ।

संस्थाले यसै महिना भित्र थप ४ वटा शाखाहरु संचालनमा ल्याउने गृहकार्य भइरहेको जनाएको छ ।