नीजि क्षेत्रको साझा संस्थाका रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वका लागि निर्वाचन भएको छ । नयाँ नेतृत्वमा हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने अन्य पदाधिकारी र सदस्यका लागि निर्वाचन हुने छ । वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरेले श्रेष्ठ पक्षबाट उमेदवारी दिएका छन् भने एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डेले दिएका छन् । चन्द्र ढकाल पक्षबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठले उमेदवारी दिएकी छन् ।
