Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘वित्तीय प्रणालीप्रति सर्बसाधारणको विश्वसनियता अभिबृद्धिमा समर्पीत छौं’

२०८३ बैशाख १४ गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंक ७१ बर्षमा प्रवेश गरेको छ । ७१ बर्षमा प्रवेश गरेको अबसरमा केन्द्रीय बैंकले एक सन्देश जारी गर्दै मुलुकमा आर्थिक स्थायीत्व कायम भएको उल्लेख गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सन्देश मार्फत सुरक्षित र विश्वसनीय बैंकिङ प्रणालीलाई जोड दिएका छन् । उनले भनेका छन् –‘सुरक्षित एवं सक्षम भूक्तानी प्रणालीको सवलीकरणका लागि आबश्यक मौद्रिक तथा विदेशी विनीमय नीति निर्माण गरी सो को व्यबस्थापन र वित्तीय पहुँच विस्तार गर्दै वित्तीय प्रणाली प्रति सर्बसाधारणको विश्वसनियता अभिबृद्धिमा समर्पीत रहने छ ।’ स्थापना बर्षको अवसरका केन्द्रीय बेंकले विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । 

के हो केन्द्रीय बैंक

यो नेपालको केन्द्रीय बैंक हो । हरेक देशमा पैसा व्यबस्थापन र सो सम्बन्धि नीति बनाउनका लागि केन्द्रीय बैंक रहने गर्दछ । नेपाल राष्ट्र बैङ्क नेपालको केन्द्रीय बैङ्क हो। नेपालको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्य सहित केन्द्रीय बैङ्कका रूपमा नेपाल राष्ट्र बैङ्क ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैङ्कको स्थापना २०१३ साल वैशाख १४ गते (सन् १९५६ अप्रिल २६) मा भएको थियो। नेपाल राष्ट्र बैङ्क र वित्तीय संस्थाहरूको मौद्रिक विनिमायक र प्रक्षेपण को रूपमा रहेको छ। तत्कालिन ऐनको ठाउँमा नयाँ नेपाल राष्ट्र बैङ्क ऐन २०५८ परिचालन गरी त्यसमा बैङ्कको स्वायत्तता, स्वतन्त्रता र सुनिश्चिता गरिएको छ। नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा विनियम दर र देशमा रहेको विदेशी मुद्रा भण्डारको संरक्षण, विदेशी मुद्रा नीति नियन्त्रण गर्दछ।
अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रीक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्नेकार्य केन्द्रीय बैंकको हुने गर्दछ । बैङ्किङ तथा वित्तिय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवर्द्धन गर्ने, सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने, बैङ्किङ तथा वित्तिय प्रणालीको नियमन, निरिक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्न, नेपाल अधिराज्यको समग्र बैङ्किङ तथा वित्तिय प्रणालीको संवर्द्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनियता अभिवृद्धि गर्नेकार्य केन्द्रीय बेंकले गर्दछ ।