२०८३ बैशाख ७ गते

मुद्रा कम्जोर हुँदा विश्व अर्थतन्त्रमा भारत छैटौ स्थानमा खस्कीयो !

बैंकिङ खबर / विश्व अर्थतन्त्रमा चौथो स्थान ओगटेको भारतको अर्थतन्त्र खस्केर छैटौ स्थानमा पुगेको छ । भारत विश्वका ठूला अर्थतन्त्रहरूमा चौथो स्थानमा थियो । अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफले सार्वजनिक गरेको रिपोर्ट अनुसार भारत चौथो स्थानबाट छैटौं स्थानमा झरेको हो । मुख्य गरेर भारतको सम्पत्ति अमेरिकी डलरमा गणना गरिँदा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) का आधारमा भारत तल झरेको आईएमएफले जनाएको छ । भारतको तुलनामा अमेरिका, चीन, जर्मनी, जापान र बेलायत धेरै अगाडि छन् ।

आईएमएफको अनुमानअनुसार विश्वको सबैभन्दा ठूलो अमेरिकी अर्थतन्त्र करिब ३ सय १० खर्ब डलरको छ । दोस्रो स्थानमा रहेको चीनको अर्थतन्त्र २ सय खर्ब डलरभन्दा बढी छ । जर्मनी करिब ५० खर्ब अमेरिकी डलरका साथ तेस्रो स्थानमा र जापान करिब ४४ खर्ब अमेरिकी डलरसहित चौथो स्थानमा छ । बेलायत करिब ४३ खर्ब अमेरिकी डलरसहित पाँचौं स्थानमा उक्लिएको छ । ठूला अर्थतन्त्रको शीर्ष १० मा फ्रान्स, इटाली, क्यानडा तथा ब्राजिल जस्ता देशहरु परेका छन् । प्रतिव्यक्ति आयका आधारमा सन्सारमा युरोपेली देश अगाडि छन् । लिचेन्सटाइन, लक्जेम्बर्ग, आयरल्यान्ड, स्विट्जरल्यान्ड, आइसल्यान्ड, सिंगापुर, नर्वे, अमेरिका, कतार र सान मारिनो यो सूचीमा क्रमश रहेका छन् । यसरी हेर्दा अमेरिका भन्दा युरोपीयन देशहरु नै शिर्श तहमा देखिन्छन् ।

विश्व अर्थतन्त्रको वृद्धि असमान ढंगले अघि बढेको पनि आईएमएफले उल्लेख गरेको छ । पछिल्लो समय युद्धका कारण विश्वव्यापी रुपमै आर्थिक मन्दी आएको छ । यसले गर्दा पनि आर्थिक वृद्धिदर कम हुने प्रक्षेपण गरिएको छ । आईएमएफको रिपोर्ट अनुसार नेपालको अर्थतन्त्र करिब ४६ अर्ब अमेरिकी डलरमा छ भने आर्थिक वृद्धि ३ प्रतिशत रहने अनुमान छ । नेपालको प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५ सय ५० अमेरिकी डलर भएको उल्लेख गर्दै आइएमएफले नेपालको अर्थतन्त्र निकै सुस्त गतिमा अघि बढेको र आगामी दिनमा पनि अर्थतन्त्र सुस्त नै रहने उल्लेख गरेको छ ।
चौथो अर्थतन्त्रका रहेको भारतले बेलायतलाई उछिन्दै अघि बढेको थियो । तर जर्मनी र जापानको अर्थतन्त्र आँकलन गरेभन्दा अघि बढेपछि भारत खस्कीयो । ती देशमा पनि आर्थिक सुस्तताका कारण भारतले सन् २०२९ सम्ममा यी दुवै देशलाई जीतेर तेस्रो स्थानमा आइपुग्ने अनुमान गरिएको थियो । भारतले जर्मनीलाई उछिन्नुअघि नै जर्मनीले जापानलाई उछिनेको छ ।