२०८२ चैत्र २७ गते

बैंकका सिइओहरुले राखे अर्थमन्न्त्रीसँग बैंकिङ क्षेत्रका गुनासै गुनासा

बैंकिङ खबर / बैंकर्स एशोसियसनको नेतृत्वमा बैंकरहरुले अर्थमन्त्रीसँग भेटबार्ता गरेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकर्सहरुलाई बैंकवित्तमा गर्नुपर्ने नयाँ कामका बारे जिज्ञासा राखेका थिए । भेटबार्तामा बैंकर्सले खराव कर्जा बढ्दै गएको, कर्जायोग्य रकम बढ्दै गएको बताउँदै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । पछिल्लो समयमा बैंकमा लगानीयोग्य रकम थपीँदै गएको छ । भेटमा अर्थमन्त्री वाग्लेले मुलुकमा लगानीप्को वातावरण बनाउन सरकार प्रतिबद्ध भएको बताएका छन् । भेटमा वाणिज्य बैंकका सिइओहरुको उपस्थिति रहेको थियो ।