बैंकिङ खबर / बैंकिङ विज्ञ डा. गुणाकर भट्ट राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् । मन्त्री परिषदको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको हो । यस अघि उनी केन्द्रीय बैंकको गभर्नर पदका लागि अघि सरेका व्यक्ति हुन् । भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। तत्कालिन प्रधानमन्त्री केपी ओली बाधक हुँदा उनी गभर्नरमा नियुक्त हुन सकेका थिएनन् । मुलुकको अर्थतन्त्रलाई राम्ररी बुझेका र लामो समय केन्द्रीय बैंकमा विज्ञता हासिल गरेका भट्टको नियुक्तिले अर्थतन्त्रमा सकारात्मक आशा पलाएको छ । उनी कुशल, शालीन र भद्र व्यक्तिका रुपमा पनि चिनिन्छन् ।


