Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

२०८२ चैत्र २४ गते

बैंकिङ खबर / मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको हो । २५ फागुनमा तत्कालीन डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले पाँच वर्षे कार्यकाल पूरा गरेपछि दुई डेपुटी गभर्नर पद रिक्त रहेको थियो । रिक्त २ जना डेपुटी गभर्नरपद अन्तरगत एकजनालाई मात्र हाल नियुक्ति गरिएको हो । हाल विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशकका रूपमा कार्यरत रहेका उनी २०६२ सालमा राष्ट्र बैंक प्रवेश गरेका थिए ।