२०८२ चैत्र १७ गते

बैंककै कर्मचारीले ग्राहकको खाताबाट १ करोड ६५ लाख निकाले …

बैंकिङ खबर / बैंकमा ग्राहकको १ करोड ६५ लाख हिनामिना गर्ने बेंकका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कपिलवस्तुको तौलिहवा शाखामा कार्यरत रिशभ कार्की पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कार्कीले विभिन्न समयमा बैंकको आन्तरिक प्रणालीभित्र प्रवेश गरेर केही ग्राहकको खाताबाट पैसा निकालेको भेटीएको हो । कार्कीले ग्राहकको मोवाइल नं मा आफ्नो न प्रयोग गरेर ती खाताको रकम मोबाइल बैंकिङ्ग तथा कनेक्ट आइपिएस मार्फत स्थानान्तरण गरेका थिए । बैंकका केही ग्राहकहरूका खाताबाट १ करोड ६५ लाख रकम अनधिकृत रूपमा ट्रान्सफर गरी खाताको रकम हिनामिना गरेको पाइएको छ । उनलाई कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट प्रहरीले पक्राउ गरेको छ। बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट ७ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्ता ठगीबाट जोगिन आफ्ना बैंक खाता र मोबाइल बैंकिङमा प्रयोग भएका मोबाइल नम्बरहरू समय समयमा यकिन गर्न र सचेत रहन सम्पूर्ण सर्वसाधारणले होसीयारी अपनाउनुपर्ने भएको छ ।