Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अर्थमन्त्री डा. वाग्लेद्धारा पुराना र बाधक आर्थिक कानुनहरूलाई खारेज गर्ने निर्णय

२०८२ चैत्र १३ गते

बैंकिङ खबर / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधारका लागि तीनवटा निर्णयमा हस्ताक्षर गरेका छन् । मन्त्री वाग्लेले अर्थतन्त्रको वर्तमान अवस्था सार्वजनिक गर्ने तथा पुराना एवं बाधक कानुनहरूलाई खारेज गर्ने निर्णय गरेका छन् । निजी क्षेत्रको मनोबल बढाउन र ठूला लगानीलाई आकर्षित गर्न मन्त्री वाग्लेले निजी उद्यम व्यवसायको सुरक्षाका लागि नयाँ विधेयकहरू ल्याउने र आर्थिक तथा कानुनी सुधारको मार्गचित्र’ तयार गरी कार्यान्वयनमा लैजाने निर्णय गरेका छन् । पदभार ग्रहण गरेसँगै वाग्लेले १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाइने बताए । आर्थिक विकासका कानुनी अड्चन फुकाउन मन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१  को प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने तथा राजस्व अनुसन्धान विभाग लगायतका १५ वटा पुराना तथा असान्दर्भिक ऐनहरू खारेज गर्ने उल्लेख छ ।